Bisal Chautari Logo

कोरोनालाई खत्तम गर्नका लागि यो भ्याक्सिन सबैभन्दा बढी प्रभावकारी हुनसक्ने, यस्ता छन् पाँच कारणहरु

- २ मंसिर २०७७, मंगलवार ०४:५० मा प्रकाशित


एजेन्सी । अमेरिकी कम्पनी मोडर्नाले सोमबार दाबी गर्दै भनेको छ कि उसको कोरोना भ्याक्सिन (एमआरएनए १२७३) ९४.५ प्रतिशत प्रभावकारी सावित भएको छ । योभन्दा पहिला अमेरिका कम्पनी फाइजरले भनेको थियो कि उसको कोरोना भ्याक्सिन ९० प्रतिशत प्रभावकारी रहेको छ । तर, कैयौँ रिपोर्टले मोडर्ना भ्याक्सिन तुलनात्मक रुपमा प्रभावकारी रहेको बताएका छन् । के के कारण यो भ्याक्सिन प्रभावकारी रहेको छ त्यसबारे यस्ता तर्कहरु पेश गरिएको छ ।

यो भ्याक्सिन नयाँ तरिकाले विकास गरिएको हो । एमआरएनए टेक्निकबाट यो मानिसको शरिरलाई भ्याक्सिन फ्याक्ट्री मा परिवर्तन गर्छ । यो भ्याक्सिन शरिरको सेल्सको भाइरस प्राठीन  बनाउनका लागि प्रेरित गर्छ ।

यो भ्याक्सिनलाई स्टोर गर्न समेत सहज रहेको बताइएको छ । पछिल्लो यसको अपडेट अनुसार क्लिनिकल परिक्षणका अन्तरिम डाटाहरुका आधारमा रहेर भनिएको छ कि ९४.५ प्रतिशत सफल रहेको छ । यो भ्याक्सिन ३० दिनसम्म सामान्य फ्रिजको तापमानमा राख्न सकिन्छ । त्यस्तै ६ महिनासम्म माइनस २० डिग्री तापमानमा यो स्टोर गरेर राख्न सकिन्छ । तर, फाइजरको भ्याक्सिन जम्मा पाँच दिनमात्रै सामान्य फ्रिजको तापमानमा राख्न सकिन्छ । लामो समयसम्म स्टोर गर्न अर्को ठाउँको आवश्यकता पर्ने बताइएको छ । यसका लागि माइनस ७० डिग्री तापमान आवश्यक पर्छ ।

क्लिनिकल परीक्षणका क्रममा यो भ्याक्सिन लगाउँदा संक्रमण भए पनि मानिस गम्भीर बिरामी नहुने बताइएको छ । यसै वर्ष मोडर्ना भ्याक्सिनले सप्लाई गर्ने सम्भावना रहेको समेत बताइएको छ । सन् २०२१ मा विश्वभर यो भ्याक्सिन सप्लाई गर्ने लक्ष्य बनाइएको छ । यो वर्ष दुई करोड भ्याक्सिन अमेरिका सप्लाई गर्ने साथै विश्वभरका लागि आउने वर्ष ५० करोड सप्लाई गर्ने बताइएको छ ।

अन्य भ्याक्सिनभन्दा यो बढी प्रभावकारी देखिएको डाटाहरुले समेत पुष्टि गरेका छन् । सबैभन्दा पहिला सार्वजनिक गरिएको रसियन भ्याक्सिन स्पुटनिक भिको ९० प्रतिशतमात्र प्रभावकारी रहेको बताइएको थियो ।

प्रतिक्रिया