Bisal Chautari Logo

पोखरामा थप एकजना कोरोना संक्रमितको मृत्यु

- २८ कार्तिक २०७७, शुक्रबार ०६:५५ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं , कार्तिक कार्तिक २८ शुक्रवार ।
कास्कीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका-१४ की ६७ वर्षीय महिलाको उपचारका क्रममा बिहीबार राति २ बजे मृत्यु भएको हो ।

महिला यही कात्तिक २१ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड-१९ उपचार केन्द्रमा भर्ना भएकी थिइन् ।

उनको उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानका निर्देशक सह प्राध्यापक डाक्टर अर्जुन आचार्यले जानकारी दिए ।

प्रतिक्रिया