Bisal Chautari Logo

नेपाल र बंगलादेश भिड्दै, कसले मार्ला बाजी ?

- २८ कार्तिक २०७७, शुक्रबार ०५:११ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं , कार्तिक कार्तिक २८ शुक्रवार । 
नेपाली राष्ट्रिय फुटबल टिमले आज बंगलादेशसँग भिड्दै छ । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गतको खेलमा नेपालले ढाकास्थित बंगबन्धु रंगशालामा बंगलादेशसँग भिड्न लागेको हो ।

‘मुजिब वर्ष फिफा अन्तराष्ट्रिय फुटबल सिरिज’ अन्तर्गत रहेको नेपाल र बंगलादेशबीचको खेल नेपाली अनुसार अपरान्ह ४:४५ बजे शुरु हुनेछ ।

सम्भावित ११ : किरण चेम्जोङ, सुमन अर्याल, अजित भण्डारी, विक्रम लामा/अनन्त तामाङ, विकास खवास/विक्रम लामारएरिक विष्ट, तेज तामाङ/रवि पासवान, एरिक विष्ट र सुभास गुरुङ, अन्जन विष्ट/नवयुग श्रेष्ठ

नेपाली टोली : अजित भण्डारी, अनन्त तामाङ, अञ्जन विष्ट, एरिक विष्ट, भरत खवास, विकास खवास, विक्रम लामा, विमल राना, विशाल श्रेष्ठ, दर्शन गुरुङ, दीप कार्की, दिलेन लोक्तन, जर्ज प्रिन्स कार्की, किरण चेम्जोङ, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रञ्जित धिमाल, रवी पासवान, सरोज दाहाल, सेसेहाङ आङ्देम्बे, सुवास गुरुङ, सुजल श्रेष्ठ, सुमन अर्याल, तेज तामाङ र छिरिङ गुरुङ

नेपाल र बंगलादेशबीचको खेल प्रत्यक्ष प्रसारण लाईभ हुनेछ । नेपाल र बंगलादेशबीचको खेल टी स्पोर्ट्सको फेसबुक र युट्युबबाट लाइभ गर्ने भएको छ ।

नेपाल र बंगलादेशबीचको खेल लाइभ हेर्ने यस लिंकमा क्लिक गर्नुहोस् ।

प्रतिक्रिया