Bisal Chautari Logo

संक्रमित शून्य भएको हुम्लामा फेरि थपिए चार संक्रमित

- २८ कार्तिक २०७७, शुक्रबार ०४:५३ मा प्रकाशित


विशाल चौतारी समाचार
सिमकोट , कार्तिक कार्तिक २८ शुक्रवार ।
कोरोना संक्रमणमुक्त भएको हुम्लामा नयाँ संक्रमित फेला परेका छन्।

कोरोना लक्षण भएको आशंकामा पिसिआर परीक्षण गराउँदा चारजनाको रिपोर्ट पोजेटिभ आएको हो।

जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको पालिका केन्द्र याल्वाङका पाँच जना स्थानीयको स्वाव परीक्षण गर्दा एक जनाको मात्रै नेगेटिभ आएको डाक्टर टसी आङजु लामाले जानकारी दिए।

६३, ६०, ३१, र १६ वर्ष उमेरका दुई पुरुष र दुई महिलामा संक्रमण देखिएको हो।

नाम्खा गाउँपालिकामा पहिलो पटक कोरोना संक्रमित भेटिएका हुन्।

जिल्लामा पहिलो पटक असोज ३ गते एक युवतीमा कोरोना संक्रमण देखिएको थियो ।

प्रतिक्रिया