Bisal Chautari Logo

काँग्रेस बैठक आज

- २८ कार्तिक २०७७, शुक्रबार ०४:१८ मा प्रकाशित


 

विशाल चौतारी समाचार

काठमाडौं ,कार्तिक २७ बिहिवार ।नेपाली काँग्रेस भित्रको विवाद समाधान गर्ने क्रममा लगातार भएका छलफलबाट धेरै कुरा सहमति नजिक पुगेकाले आज केन्द्रीय कार्य समितिको बैठक बस्ने भएको छ । धेरै कुरामा सहमतिको वातावरण बनेको र आजपनि छलफल गरेर सहमति भएका विषयलाई दिउँसो बस्ने केन्द्रीय समितिको बैठकबाट पारित गर्ने तयारी रहेको जनाइएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार बसेको बैठमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेलबाहेकका अन्य पदाधिकारी, पूर्वपदाधिकारी र प्रभावशाली केन्द्रीय सदस्यको दिनभरको बैठकपछि यस्तो सहमति जुटेको हो ।

प्रतिक्रिया