Bisal Chautari Logo

भीम अस्पताल भैरहवामा एक जना कोरोना संक्रमितको मृत्यु

- २५ कार्तिक २०७७, मंगलवार ०६:५७ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं,  कार्तिक २५ मंगलवार ।
भैरहवास्थित भीम अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।

लुम्बिनी सांस्कृतिक नगरपालिका– १० निवासी ४८ वर्षीया अनमीको उपचारका क्रममा सोमबार राति ९ः५० मा मृत्यु भएको अस्पतालका सूचना अधिकृत नारायण पोखरेलले जानकारी दिए।

उनको कात्तिक १७ गते कोरोना पोजेटिभ पुष्टि भएको थियो। उनी कात्तिक १८ गते अस्पतालमा भर्ना भएकी थिइन्।

स्वास्थ्यमा समस्या आएपछि उनलाई कात्तिक २२ गतेबाट रेमडिसिभिर र प्लाज्मा थेरापीबाट उपचार सुरु गरिएको थियो।

प्रतिक्रिया