Bisal Chautari Logo

उपत्यकामा १ हजार ४२८ जना नयाँ कोरोना संक्रमित पुष्टि

- २४ कार्तिक २०७७, सोमबार १०:५२ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, कार्तिक २४ सोमवार ।
 पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ४२८  जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार १३६, ललितपुरमा २०१ र भक्तपुरमा ९१ जनालाई  कोरोना संक्रमण देखिएको छ।

योसँगै हालसम्म काठमाडौंमा ७३ हजार २०३, ललितपुरमा १० हजार ३५४ र भक्तपुरमा ६ हजार ५९८ संक्रमित भएका छन्।

देशभर २ हजार ५७१ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको कूल संख्या १ लाख ९७ हजार २४ पुगेको छ।

२४ घण्टामा १ हजार ७९८  जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या १ लाख ५९ हजार ७२४ पुगेको छ।  आज देशभर १८ संक्रमितको मृत्यु भएको छ। हालसम्म मृत्यु हुने संक्रमितको संख्या १ हजार १२६ पुगेको छ।

आज देशभर ३६ हजार १७४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया