Bisal Chautari Logo

थप १८ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ११२६ पुग्यो

- २४ कार्तिक २०७७, सोमबार १०:४५ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं,कार्तिक २४ सोमवार । 
नेपालमा थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार १ सय २६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि आइतबार २१ जनाको मृत्यु भएको थियो ।

गत २४ घण्टामा २ हजार ५ सय ७१ जना भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९७ हजार २४ जना पुगेको छ । कुल संक्रमितमध्ये ३६ हजार १ सय ७४ सक्रिय संक्रमित छन् ।

नेपालमा हालसम्म १५ लाख ५१ हजार २ सय ५४ जनाको पिसिआर परीक्षण भएको छ । हाल ९ सय ६७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया