Bisal Chautari Logo

ट्रयाक्टर दुर्घटना हुँदा १२ वर्षका बालकको घटनास्थलमै मृत्यु

- २४ कार्तिक २०७७, सोमबार ०६:०८ मा प्रकाशित


विशाल चौतारी समाचार
वीरगञ्ज, कार्तिक २४ सोमवार ।वीरगञ्ज महानगरपालिकामा ट्रयाक्टरदुर्घटना हुँदा १२ वर्षका बालकको घटनास्थलमै मृत्यु भएको छ।

वीरगञ्ज २७ जसौलीमा भएको ट्रयाक्टर दुर्घटनामा पर्साको बहुदरमाइ नगरपालिका ३ नगरदाहाका १२ वर्षका बालक विवेक यादवको मृत्यु भएको हो।

लु ३ त ६४६ नम्बरको ट्रयाक्टरमा बसेर आउँदै गरेको बेला जसौलीस्थित पुलबाट अनियन्त्रित भइ दुर्घटना भएको थियो।

दुर्घटनामा यादवको घटनास्थलमै मृत्यु भएको स्थानीय रामजी यादवले जानकारी दिए ।

चालक भने दुर्घटना पछि फरार भएका छन्।

प्रतिक्रिया