Bisal Chautari Logo

मनोज गजुरेलको स्वास्थ्य सुधारोन्मुख

- २२ कार्तिक २०७७, शनिबार ०५:१९ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं,कार्तिक २२ शनिवार । कोरोना भाइरसबाट संक्रमित वरिष्ठ कलाकार मनोज गजुरेलले आफ्नो स्वास्थ्यमा सुधार भइरहेको बताएका छन् । अघिल्लो दिनको तुलनामा ‘धेरै राम्रो’ भइरहेको उनको भनाइ छ ।

गजुरेलले फेसबुकमा लेखेका छन्, ‘आराम छु, आरामको कामना गर्दछु । हिजो भन्दा आज धेरै राम्रो भइरहेको छ । स्वास्थ्य लाभको कामना गर्नु हुने सबैमा धन्यवाद ।’

गजुरेलका निकट हास्यव्यंग्य कवि लक्ष्मण गाम्नाङेले पनि गजुरेलको स्वास्थ सुधारोन्मुख रहेको जानकारी दिएका छन् ।

गजुरेललाई १० कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो । अक्सिजनको मात्रा कम देखिएपछि उनलाई बिहीबार सशस्त्र प्रहरी अस्पताल लगिएको थियो ।

हाल उनको उपचार बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालको आइसीयूमा भइरहेको छ । स्वास्थ्य परीक्षणपछि उनको फोक्सोमा पानी जमेको पाइएको चिकित्सकहरुले बताएका छन् ।

प्रतिक्रिया