Bisal Chautari Logo

‘पठान’ मा सुल्तान र बादशाहको जोडी

- २२ कार्तिक २०७७, शनिबार ०५:१० मा प्रकाशित


भारत , कार्तिक २२ शनिवार । । बलिउडका बादशाह अभिनेता शाहरुख खान ठूलो पर्दामा नदेखिएको धेरै भइसकेको छ ।

सन् २०१८ मा रिलिज भएको फिल्म ‘जिरो’ पछि उनी फिल्मबाट टाढा रहेका छन् ।उक्त फिल्ममा कटरिना क्याफले उनलाई साथमा दिएकी थिइन् भने अनुष्का शर्मा पनि मूख्य भूमिकामा थिइन् ।

फिल्मले खासै सफलता नपाएपछि फिल्मबाट गुमगाम भएका शाहरुखलाई उनका फ्यानहरुले प्रतिक्षा गरेको पनि लामो समय भयो ।

भारतीय मिडियाले बताए अनुसार शाहरुखका फ्यानको प्रतिक्षाको समय समाप्त हुँदै छ ।

अब शाहरुख फिल्म ‘पठान’ मार्फत फेरी बलिउडमा कमब्याक गर्दैछन् ।

यस फिल्मलाई ३ सय करोड भन्दा धेरै कमाई गर्ने फिल्म ‘वार’ का निर्देशक सिद्धार्थ आननदले निर्देशन गर्ने भएका छन् ।

यस फिल्ममा शाहरु खानको साथमा दीपिका पादुकोण र जोन अब्राहम पनि मूख्य भूमिकामा रहने भएका छन् ।

साथमा बलिउडका सुल्तान अभिनेता सलमान खान पनि जोडिने भएका छन् ।

यस फिल्ममा सलमानको पनि एक विशेष भूमिका रहने तर उनको भूमिका बारे अहिले केही पनि कुरा सार्वजनिक नभएको भारतीय मिडियाले जनाएको छ ।

प्रतिक्रिया