Bisal Chautari Logo

अमेरिकी निर्वाचनः एरिजोनामा ट्रम्पका समर्थकसँग बन्दुक भेटियो

- २२ कार्तिक २०७७, शनिबार ०४:३४ मा प्रकाशित


एजेन्सि । अमेरिकी निर्वाचनमा निकै टक्कर देखिएको एरिजोना राज्यमा अहिले डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन निकै अगाडि छन् । उनले राष्ट्रपति ट्रम्पको भन्दा ३० हजारभन्दा बढी भोट त्यहाँ ल्याएका छन् ।

त्यहाँका अधिकारीहरुका अनुसार अब त्यहाँ १ लाख ७३ हजार भोट गन्न बाँकी छ ।

पछिल्ला केही हजार भोटमा फेरि ट्रम्प अगाडि देखिएका छन् ।

बाइडेनले एरिजोनाका सहरी क्षेत्रमा राम्रो गरेका छन् भने ट्रम्पले त्यहाँ ग्रामीण क्षेत्रमा निकै राम्रो प्रदर्शन गरेका छन् ।

अहिले ट्रम्पका समर्थकहरु मत गणनास्थल बाहिर जम्मा भएर प्रदर्शन गरिरहेका छन् । उनीहरुले प्रत्येक भोट गनिनु पर्ने माग गरेका छन् । बिबिसीमा आएको समाचारअनुसार उनीहरुमध्ये केहीसँग बन्दुक पनि छ । प्रहरीले केही बन्दुक भएका ट्रम्पका समर्थकलाई पक्राउ पनि गरेको छ ।

प्रतिक्रिया