Bisal Chautari Logo

पत्रकार सीतारामप्रसाद बर्माको निधन

- २१ कार्तिक २०७७, शुक्रबार ०६:५७ मा प्रकाशित


विशाल चौतारी समाचार
धादिङ, कार्तिक २१ शुक्रवार । धादिङका पत्रकार सीतारामप्रसाद बर्माको निधन भएको छ ।

उहाँको उपचारका क्रममा ७९ वर्षका उमेरमा निधन भएको हो । किष्ट मेडिकल कलेज ग्वार्को ललितपुरमा उपचाररत बर्मा उच्च रक्तचाप र निमोनियाबाट पीडित हुनुहुन्थ्यो ।

उहाँ केही दिनअघि कोरोना सङ्क्रमणबाट भने निको हुनुभएको थियो । नेपाल पत्रकार महासङ्घ धादिङका संस्थापक सभापति बर्माले नेपाल प्रेस काउन्सिलबाट प्रेस स्वतन्त्रता सेनानी सम्मान पाउनुभएको थियो ।

गोरखा पुर्ख्याैली थलो भएर धादिङलाई कर्मथलो बनाएका बर्माका श्रीमती, एक छोरा र तीन छोरी हुनुहुन्छ । उहाँको आजै पशुपति आर्यघाट अन्त्येष्टि गर्ने तयारी छ ।

प्रतिक्रिया