Bisal Chautari Logo

कैलालीमा कोरोनाले वडा अध्यक्षको मृत्यु

- २१ कार्तिक २०७७, शुक्रबार ०५:१५ मा प्रकाशित


विशाल चौतारी समाचार
कैलालीमा, कार्तिक २१ शुक्रवार । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट जनप्रतिनिधिको मृत्यु भएको छ । धनगढी स्थित सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालमा उपचाररत गौरीगंगा नगरपालिका– ३ का  वडाध्यक्ष नरेन्द्रबहादुर शाहको शुक्रबार बिहान मृत्यु भएको हो ।

शाह १० दिनदेखि सेती प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा उपचाररत थिए । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

कडा खालको निमोनिया देखिएपछि कार्तिक १२ गते असपताल भर्ना भएका शाहलाई १७ गते कोरोना पुष्टि भएको थियो ।

संक्रमण पुष्टि भएपछि ७३ वर्षीय शाहलाई कोरोना अस्थायी अस्पतालमा सारिएको थियो । उपचारकै क्रममा शाहको शुक्रबार बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

७३ वर्षीय शाह गौरीगंगा नगरपालिकाका प्रवक्ता समेत थिए ।

प्रतिक्रिया