Bisal Chautari Logo

विराटनगरमा कोरोना संक्रमित दुई महिलाको मृत्यु

- २१ कार्तिक २०७७, शुक्रबार ०५:०६ मा प्रकाशित


विशाल चौतारी समाचार
विराटनगर, कार्तिक २१ शुक्रवार । विराटनगरमा उपचाररत कोरोना भाइरस संक्रमित दुई महिलाको शुक्रबार बिहान मृत्यु भएको छ। धनकुटाकी ३२ वर्षीया र विराटनगरकी ५१ वर्षीया महिलाको मृत्यु भएको हो। धनकुटा–४ की महिलाको कोशी अस्पताल कोभिड –१९ उपचार केन्द्रमा बिहान ८:१५ बजेतिर मृत्यु भएको छ।

उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार पीसीआर परीक्षण गराउँदा बिहीबार कोरोना पुष्टि भएपछि उनलाई साँझ उपचारका लागि भर्ना गरिएको थियो। मृतकमा श्वासप्रश्वासको समस्या देखिएको बस्नेतले बताए।

त्यस्तै विराटनगर महानगरपालिका–७ की ५१ वर्षीया महिलाको उपचारका क्रममा न्युरो अस्पतालमा मृत्यु भएको छ। अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यका अनुसार बिहान ८ बजेतिर महिलाको मृत्यु भएको हो।

पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएपछि गत बुधबार महिलालाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। मृतकमा श्वासप्रश्वास र उच्च रक्तचाप सम्बन्धी समस्या रहेको आचार्यले बताए।

प्रतिक्रिया