Bisal Chautari Logo

अमेरिकामा राष्ट्रपतीय चुनावमा जो बाइडेन जित नजिक

- २० कार्तिक २०७७, बिहीबार ०८:२६ मा प्रकाशित


एजेन्सी, २० कार्तिक । अमेरिकामा राष्ट्रपतीय चुनावमा डेमोक्रयाटिक उम्मेदवार जो बाइडेन जित नजिक पुग्नु भएको छ । अहिलेसम्म बाइडनले २ सय ६६ इलेक्टोरल कलेज भोट पाएर बाइडेन जित नजिक पुग्नुभएको हो ।

राष्ट्रपति हुन २ सय ७० इलेक्टोरल कलेज भोट ल्याउने होडबाजीमा बाइडनका लागि अब ४ मत मात्र आवश्यक छ । रिपब्लीकन उमेद्वार राष्ट्रपति ट्रम्पले २ सय १४ इलेक्टोरल कलेज भोट पाउनु भएको छ ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जर्जिया, पेन्सिल्भेनिया र मिशिगनमा अदालती प्रक्रिया सुरु गर्नुभएको छ । उहाँले ती राज्यमा तत्काल मतगणना रोकिनुपर्ने माग गर्दै कानुनी प्रक्रिया सुरु गरेको अन्तराष्ट्रय संचार माध्यमहरुले जनाएका छन् । यी राज्यको मतदानमा धाँधली भएको ट्रम्किो आरोप छ ।

यद्यपि यस विषयमा कुनै प्रमाण भने पेश गरिएको छैन । अन्तर्राष्ट्रिय पर्यवेक्षकले पनि व्यापक मात्रामा धाँधली भएको कुनै प्रमाण नभेटिएको उल्लेख गरेका छन् ।

बाइडेनले आफु ट्रम्पभन्दा अगाडी रहेको र जित सुनिश्चित हुँदै गएको बताउनुभएको छ भने बर्तमान राष्ट्रपति समेत रहनुभएका डोनाल्ड ट्रम्पले चुनावमा धाँधली भएको आरोप लगाइरहनु भएको छ ।

अब मतगणनाको नतिजा आउन बाँकी रहेका ६ राज्यमध्ये बाइडन एरिजोना र नोभाडामा अगाडि हुनुहुन्छ । बाइडनले अहिले अग्रता लिएका दुई राज्यमा मात्र जित हात पारेको खण्डमा उहाँ अमेरिकाको ४६ औं राष्ट्रपति हुनुहुनेछ ।

प्रतिक्रिया