Bisal Chautari Logo

ट्रम्पका विरुद्ध खरो उत्रीएका को हुन जो बाइडेन ?

- २० कार्तिक २०७७, बिहीबार ०८:०६ मा प्रकाशित


काठमाडौं । जो बाइडेनको पुरा नाम जोसेफ रोबिनेट बाइडेन हो । उनको २० नोभेम्बर १९४२० भएको थियो । उनी एक अमेरिकी राजनीतिज्ञ हुन् जसले सन् २००९ देखि सन् २०१७ सम्म ओबामा राष्ट्रपति हुदा संयुक्त राज्य अमेरिकाको ४७ औँ उपराष्ट्रपतिको रूपमा थिए। उनले डेलावेयरका लागि सन् १९७४ देखि सन् २००९ सम्म संयुक्त राज्यका सिनेटका रूपमा काम गरे।

 

सन् २०२० मा जारी चुनावमा उनी अमेरिकी डेमोक्रेटिक दलका राष्ट्रपति पदका उम्मेद्वार हुन् ।

तत्कालिन राष्ट्रपति बाराक ओबामाको कार्यकालमा उपराष्ट्रपति भएकाले उनलाई अमेरिकामा अहिले पनि निकै लोकप्रिय मानिनले ओबामाको ठूलो सहयोग हुने देखिएको छ ।

पछिल्लो समय बाइडेनलाई उम्मेदबार बनाउन पनि ओबामाले महत्वपूर्ण भूमिका खेलेको बताइएको छ । उनले चुनावी अभियानलाई थप प्रभावकारी बनाउने र नेतृत्वदायी भूमिका खेलेका छन् ।

बर्तमान राष्ट्रपति ट्रम्पले ओबामालाई लगातार अभिव्यक्ति मार्फत आक्रमण गरिरहने गरेकाले पनि ट्रम्पलाई हराउन ओबामा सक्रिय हुने अनुमान गरिएको थियो । ओबामाको समर्थनका कारण बाइडेनलाई अस्वेत मतदाताहरुको थप सहयोग हुने विश्लेषण गरिएको छ ।

ओबामाको उपराष्ट्रपति हुनुभन्दा अगाडी बाइडेन झण्डै ३६ बर्ष सिनेटको सदस्यका रुपमा रहेका छन् । उनी अहिले ७७ वर्षको भएका छ । उनलाई अमेरिकामा अनुभवी, परिवक्व र सन्तुलित नेताका रुपमा लिने गरिन्छ ।

प्रतिक्रिया