Bisal Chautari Logo

आज एकै दिन ३० जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १०३४ पुग्यो

- १९ कार्तिक २०७७, बुधबार ११:०० मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं,२०७७ कार्तिक १९ बुधवार ।
नेपालमा थप ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि मंगलबार २० जनाको मृत्यु भएको थियो।

गत २४ घण्टामा ३ हजार ३ सय ९ भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८२ हजार ९ सय २३ पुगेको छ। कुल संक्रमितमध्ये ३६ हजार ९ सय ११ सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा १३ हजार १ सय ४४ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै पिसिआर परीक्षणको संख्या १४ लाख ९४ हजार १ सय २२ पुगेको छ। हाल १ हजार ३ सय ५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया