Bisal Chautari Logo

थप ३३०९ जनामा कोरोना संक्रमण पुष्टि, ३८४४ जना निको भए थप सामग्री

- १९ कार्तिक २०७७, बुधबार १०:५३ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं,२०७७ कार्तिक १९ बुधवार ।
पछिल्लो २४ घण्टामा थप ३३०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमित हुनेको संख्या १८२९२३ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज निको हुने संक्रमितको संख्या ३८४४ रहेको छ। यससँगै हालसम्म कोरोना संक्रमित भएर पनि निको हुनेको संख्या १४४९७८ पुगेको छ।

हाल मुलुकमा ३६९११ जना कोरोनाका सक्रिय संक्रमितहरू रहेका छन्। त्यसमध्ये ३०१३१ जना होम आइसोलेसन र ६७८० संस्थागगत आइसोलेसनमा रहेका छन्।

मन्त्रालयका अनुसार आज १३१४४ जनाको नमूना पीसीआर परीक्षण गरिएको छ। हालसम्म नेपालमा १४९४१२२ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ

प्रतिक्रिया