Bisal Chautari Logo

लोकन्थलीबाट लागुऔषधसहित दुई पक्राउ

- १९ कार्तिक २०७७, बुधबार ०६:०७ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं,२०७७ कार्तिक १९ बुधवार ।प्रहरीले दुई जनालाई लोकन्थलीबाट लागुऔषधसहित पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त, ठिमीबाट खटिएको टोलीले मंगलबार राति पौने ६ बजे दुई जनालाई पक्राउ गरेको हो।

प्रहरीले धादिङ मुलाबारी घर भई काठमाडौं-३२ तीनकुने बस्दै आएका २५ वर्षीय निराजन थापा र ललितपुर महानगरपालिका-९ बस्ने २६ वर्षीय रविन खड्गीलाई पक्राउ गरेको हो।

उनीहरूलाई प्रहरीले मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थलीको भूपू सैनिक खाजा घरबाट पक्राउ गरेको हो।
वृत्तका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलका अनुसार सो ठाउँमा लागुऔषध ओसारपसार तथा विक्री वितरण हुँदैछ भन्ने पूर्व सूचना पाएको थियो।

सोही सूचनाको आधारमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरूबाट प्रहरीले नाइट्राभेट, ट्याब्लेट लगायतका लागुऔषध दुई सय ९९ वटा बरामद गरेको छ। उनीहरूमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया