Bisal Chautari Logo

भक्तपुरमा ६ हजार नाघे कोरोना संक्रमित‚ ७५ को मृत्यु‚ ८८ प्रतिशत संक्रमित होम आइसोलेसनमा

- १९ कार्तिक २०७७, बुधबार ०६:०० मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं,२०७७ कार्तिक १९ बुधवार ।काठमाडौंसँगै जोडिएको भक्तपुर जिल्लामा हाल कोरोना संक्रमितको संख्या ६ हजार ८९ पुगेको छ। यीमध्ये महिला २६३३ र पुरुष ३४५६ संक्रमित रहेका छन्। जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरको कात्तिक १८ गतेसम्मको तथ्यांकअनुसार ७५ जना संक्रमितको ज्यान गएको छ। १।१६ प्रतिशत संक्रिमतको मुत्यु भएको देखिन्छ।

संक्रमितमध्ये १४ सय ९४ जना होम आइसोलेसनमा रहेका छन्। होम आइसोलेनमा रहेकामा महिला ६ सय ३६ र पुरुष ८ सय ५८ जना रहेका छन्।

अस्पतालमा १ सय ९४ संक्रमित रहेका छन्। ती संक्रमितमध्ये महिला ८० र पुरुष ११४ जना रहेका छन्। संक्रिय संक्रमितको संख्या १६८८ रहेको छ।

सक्रिय संक्रमितमध्ये ८८ प्रतिशत होम आइसोलेनमा रहेका छन्। सरकारले गम्भीर बिरामी भएमात्र अस्पताल भर्ना हुने नीति लिएकाले सामान्य लक्षण भएका र होम आइसोलेनमा बस्न सक्ने व्यक्तिहरुलाई घरमै राखिएको हो। यसरी होम आइसोलेनमा बसेकाहरुको सम्बन्धित स्थानीय तहले दैनिक स्वास्थ्य अवस्थाबारे जानकारी लिने गरेको छ।

भक्तपुरमा हालसम्म ७५ कोरोना संक्रमतिको मृत्यु भएको छ। यसरी मृत्यु हुनेमा महिला २३ र पुरुष ५२ रहेका छन्। जिल्ला स्वास्थ्य कार्यालयमा प्रमुख कृष्णबहादुर मिजारले भक्तपुरका सबै स्थानीय तहले कन्ट्याक्ट ट्रेसिङदेखि बिरामीको अवस्थासम्म अनुगमन गर्ने गरेको बताए। अधिकांश संक्रमितहरुमा लक्षण नभएको अवस्थामा होम आइसोलेनमा राखिएको उनले बताए।

लक्षण देखिएका र जोखिमको उमेर समूहका संक्रमितहरुलाई भने अस्पतालमा राखेर उपचार गर्ने गरिएको छ। भक्तपुरमा १३ वटा अस्पतालले संक्रमितहरुको उपचार गरिरहेको उनले बताए।

भक्तपुरका १३ वटा अस्पतालले कोरोना संक्रमितका लागि बेड छुट्याएकाले बेड अभाव नरहेको उनले बताए। १३ अपस्तालका १ सय ६८ बेड कोरोनाका लागि बनाइएका छन्। तीमध्ये ३१ बेडमा संक्रमित रहेका छन्। भेन्टिलेटर १२ र आइसियु १९ वटा रहेका छन्। तीमध्ये ५ वटा आइसियू बेडमा उपचार भइरहेको छ। त्यस्तै ७ वटा आइसोलेसन पनि बिरामीको उपचारका लागि तयारी अवस्थामा राखिएको छ।

खरिपाटी, कृषि तालिम केन्द्र , तेलकोट खानेपानी, सैनिक स्कुल, सैनिक ब्यारेक गरी ७ सय ३ आइसोलेसन बेड रहेका छन्। जसमा ३ सय ६० जनालाई राखिएको छ।

भक्तपुरमा संक्रिय संक्रमित पुष्टि भएको
भक्तपुर नगरपालिका ः २६३ (महिला ः ११९, पुरुष ः १४४ )
चागुनारायाण नगरपालिका ः १२८ (महिला ः४७, पुरुष ः ८१ )
मध्यपुर थिमी नगरपालिका ः ५९९ (महिला ः २५८, पुरुष ः ३४१ )
सुर्यविनायक नगरपालिका ः ६१० (महिला ः २५६, पुरुष ः३५४)

अन्य ः ९१
जम्मा ः १६८८ (महिला ७१६, पुरुष ९७२ )

कुल संक्रमित
भक्तपुर नगरपालिका ः १४०६
चागुनारायाण नगरापालिका ः ५५८
मध्यपुर थिमी नगरपालिका ः २१५२
सुर्यविनायक नगरपालिका ः १८१७
जम्मा ः ६०८९ (महिला ः २६३३, पुरुष ः ३४५६ )

अस्पतालमा
भक्तपुर नगरपालिका ः १२१
चागुनारायाण नगरापालिका ः ६८
मध्यपुर थिमी नगरपालिका ः २९४
सुर्यविनायक नगरपालिका ः ३२३
अन्य ः ५२
जम्मा ः १९४ (महिला ः८०, पुरुष ः १४४)

होम आइसोलेन
भक्तपुर नगरपालिका ः २२०
चागुनारायाण नगरापालिका ः ११०
मध्यपुर थिमी नगरपालिका ः ५२२
सुर्यविनायक नगरपालिका ः ५५४
जम्मा ः १४९४ (महिला ः ६३६, पुरुष ः ८५८ )

निको भएका
भक्तपुर नगरपालिका ः १११०
चागुनारायाण नगरापालिका ः ४२६
मध्यपुर थिमी नगरपालिका ः १५२९
सुर्यविनायक नगरपालिका ः ११९३
जम्मा ः ४३२६ (महिला ः १८९४, पुरुष ः २४३२ )

मृत्यु
भक्तपुर नगरपालिका ः ३३
चागुनारायाण नगरापालिका ः ४
मध्यपुर थिमी नगरपालिका ः २४
सुर्यविनायक नगरपालिका ः १४
जम्मा ः ७५ (महिला ः २३, पुरुष ः ५२

प्रतिक्रिया