Bisal Chautari Logo

भरतपुर अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु

- १९ कार्तिक २०७७, बुधबार ०५:४० मा प्रकाशित


विशाल चौतारी समाचार
चितवन,२०७७ कार्तिक १९ बुधवार । चितवनको भरतपुर अस्पतालमा उपचाररत कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ ।

पूर्वी चितवनको राप्ती नगरपालिका–१० बस्ने ३९ वर्षीया महिलाको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो ।

कात्तिक १५ गते श्वासप्रश्वासमा समस्या भएर अस्पताल भर्ना भएकी उनलाई १७ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनको अवस्था जटिल बनेपछि सोही दिनदेखि कोभिड आइसियूमा राखेर उपचार थालिएको थियो ।

प्रतिक्रिया