Bisal Chautari Logo

धरानमा ९ वर्षीया बालिकाको कोरोनाका कारण निधन

- १९ कार्तिक २०७७, बुधबार ०५:२१ मा प्रकाशित


विशाल चौतारी समाचार
धरान,२०७७ कार्तिक १९ बुधवार । धरानमा रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई कोरोनाभाइरस संक्रमितको निधन भएको छ । मृत्यु हुनेमा एक ९ वर्षीया बालिका रहेकी छिन् ।

उनी इटहरी ६ की हुन् । त्यस्तै, सुनसरीकी ६१ वर्षीया महिलाको पनि त्यहाँ कोरोनाका कारण निधन भएको छ ।

९ वर्षीया बालिकामा १७ कार्तिकमा कोरोनाभाइरस संक्रमण देखिएपछि अस्पताल भर्ना भएकी थिइन् । त्यस्तै, ६५ वर्षीया महिलामा ३० असोजमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो । उनी श्वासप्रश्वास र उच्च रक्तचापको समस्याबाट पीडित थिइन् ।

प्रतिक्रिया