Bisal Chautari Logo

भारतीय राजदूत र परराष्ट्र सचिवबीच भेटवार्ता

- १९ कार्तिक २०७७, बुधबार ०४:५२ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाण्डु,२०७७ कार्तिक १९ बुधवार – भारतीय राजदूत विनयमोहन क्वात्रा र परराष्ट्र सचिव भरतराज पौडेलबीच भेटवार्ता भएको छ ।

बुधबार बिहान भएको भेटवार्तामा नेपाल–भारतबीच सहकार्यमा भईरहेको ठोस प्रगतिहरूबारे छलफल भएको राजदूत क्वात्राले जानकारी दिए । उनले सचिवमा नियुक्त भएकोमा पौडेललाई बधाई दिएका थिए ।

‘विदेश सचिव भरतराज पौड्यालजीसँग न्यानो भेट भयो । उनको नियुक्तिको लागि हार्दिक बधाई । हामीबीच भारत–नेपाल सहकार्यमा भईरहेको ठोस प्रगतिहरूबारे सकारात्मक छलफल भयो’, राजदूत क्वात्राले ट्वीटमा लेखेका छन् ।

प्रतिक्रिया