Bisal Chautari Logo

पूर्वपश्चिम रेलको तयारी भइरहेको छ – ओली

- २ कार्तिक २०७७, आईतवार ०८:१९ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं,२०७७ कार्तिक २ आइतवार । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक अहिले विकासको बाटोमा अग्रसर भइरहेको बताएका छन् । कोभिड १९ को महामारीका कारण विकास प्रयासमा केही व्यवधान खडा भएपनि विभिन्न ठाउमा शिलन्यास र सरकारी भवनहरु निर्माण भइरहेका उनले बताए ।

झापाको दमक नगरपालिकामा दमक अस्पताल भवनको आइतवार भर्चुअल कार्यक्रममार्फत शिलन्यास गर्दै ओलीले भ्यु टावरदेखि सभागृह निर्माणको काम भइरहेको तथा रेल र पानीजहाजको काम भइरहेको बताएका हुन् ।

‘नयाँ रेल ल्याइसकेका छौं, छिट्टै सञ्चालनमा ल्याउछौ । पूर्वपश्चिम रेलको तयारी गर्दैछौ । रेलमार्गको काम विभिन्न ठाउँबाट प्रारम्भ भएको छ । अब पूर्वबाट तयारी अगाडि बढाउँदैछौ,’ ओलीले भने ।

प्रधानमन्त्री ओलीले कोरोना संक्रमण फैलिने दर रोक्न र यसलाई निर्मूल गर्न सरकार लागिपरेको बताए । उनले कोभिडविरुद्धको खोप परीक्षणको चरणमा रहेको समयमा नेपालमा आयुर्वेद डाक्टरहरुले गरिरहेको उपचार प्रयासको खुलेर प्रसंशा गरे ।

प्रतिक्रिया