Bisal Chautari Logo

चरक मेमोरियल अस्पतालमा पोखराकी कोरोना संक्रमित महिलाको मृत्यु

- २ कार्तिक २०७७, आईतवार ०७:५९ मा प्रकाशित


विशाल चौतारी समाचार
पोखरा,२०७७ कार्तिक २ आइतवार ।पोखरामा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। पोखरा महानगरपालिका– ९ की ७० वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको हो। योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमित मृतकको संख्या ५० पुगेको छ।

उनको उपचारको क्रममा चरक मेमोरियल अस्पतालमा बिहान पौने ९ बजे मृत्यु भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ। ती महिलालाई निमोनिया तथा रक्तचापको समस्या थियो।

गण्डकी प्रदेशमा आइतबार मात्र ४० जना संक्रमित थपिएको निर्देशनालयले जनाएको छ। योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ७ सय ३० पुगेको छ।

प्रतिक्रिया