Bisal Chautari Logo

बले, कक्रोज, गीता र प्रतिमाको ‘डिजिटल फोटो’ सार्वजनिक(भिडियो)

- १ कार्तिक २०७७, शनिबार १०:०६ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं,२०७७ कार्तिक १ शनिवार । सरु गौतम र सुनिल कटुवालको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । ‘डिजिटल फोटो’ बोलको म्युजिक भिडियो शुक्रवार युट्युबमा सार्वजनिक गरिएको हो । दर्जनौँ चर्चित गीतहरूमा आफ्नो स्वर दिएर साङ्गीतिक बजारमा आफ्नो छुट्टै स्थान र परिचय बनाउन सफल गायिका सरु गौतमले फरक प्रस्तुतिको साथ म्युजिक भिडियो सार्वजनिक गरेकी हुन् ।

भिडियो हेर्नुहोस्

कुमार कटुवालको शब्द रहेको गीतमा दीपक शर्माको सङ्गीत रहेको छ । सार्वजनिक म्युजिक भिडियोमा सागर लम्साल (बले), हरिश निरौला (कक्रोज), गीता ढुङ्गाना र प्रतिमा कँडेलको अभिनयाँ रहेओ छ । उत्सव दाहालले छायाङ्कन गरेको गीतको भिडियोलाई देवेन्द्र पाण्डेयले निर्देशन गरेका हुन् ।

BISHAL CHAUTARI TV

प्रतिक्रिया