Bisal Chautari Logo

चितवनमा कोरोनाले जनप्रतिनिधिको मृत्यु

- १ कार्तिक २०७७, शनिबार ०५:५८ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं,२०७७ कार्तिक १ शनिवार ।चितवनमा कोरोना सङ्क्रमणका कारण एकजना जनप्रतिनिधिको मृत्यु भएको छ । खैरहनी नगरपालिका– १२ का वडा सदस्य ४९ वर्षीय बद्रीवहादुर पाण्डेको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो । उनी क्यान्सर पीडित समेत थिए ।

अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार भरतपुर अस्पतालमा उपचारका क्रममा पाण्डेको गएराति मृत्यु भएको हो ।

उनलाई असोज २८ गते सङ्क्रमण पुष्टि भएको थियो । आईसोलेसनमा रहेका उनी असोज ३० गते अस्पताल भर्ना भएका थिए ।

खोकी र श्वासप्रश्वासमा समस्या रहेका उनको क्यान्सरको तेस्रो केमो चलिरहेको अवस्थामा मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ७१६ पुगेको छ ।

कुल संक्रमितको संख्या एक लाख २६ हजार १३७ रहेको छ भने ८८ हजार बढी डिस्चार्ज भएका छन् । देशभर ३७ हजार ३८२ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया