Bisal Chautari Logo

विराटनगरको न्युरो अस्पतालमा कोरोना संक्रमितको मृत्यु

- ३० आश्विन २०७७, शुक्रबार ०७:२० मा प्रकाशित


विशाल चौतारी समाचार
विराटनगर,२०७७ असोज ३० शुक्रवार । 
विराटनगरको न्युरो अस्पतालमा उपचारका क्रममा कोरोना भाइरस संक्रमित एक पुरुषको बिहीबार राति मृत्यु भएको छ। विराटनगर महानगरपालिका–१० का ५१ वर्षीय पुरुषको राति ८ बजेतिर मृत्यु भएको अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यले जानकारी दिए।

 

उनका अनुसार न्युरोकै कोभिड अस्पतालमा संक्रमितको उपचार भइरहेको थियो। मृतकको पीसीआर परीक्षण गर्दा असोज २० गते रिपोर्ट पोजेटिभ आएको थियो। कोरोना पुष्टि भएको तीन दिनपछि श्वासप्रश्वासमा समस्या भएसँगै असोज २३ मा उपचारका लागि अस्पताल भर्ना गरिएका संक्रमितलाई धेरै प्रयास गर्दा पनि बचाउन नसकिएको जानकारी आचार्यले दिए।

‘उपचाररत अवस्थामै स्वास्थ्य बिग्रिएर अवस्था गम्भीर बनेपछि बिहीबार दिउँसो ३ बजेतिर आईसीयूमा भर्ना गरियो,’ उनले भने, ‘अवस्था थप नाजुक बनेपछि भेन्टिलेटरमा राखेर उपचार गराउन थालेको केही बेरमै मृत्यु भएको हो।’ उच्च रक्तचापको पुरानै समस्या रहेका मृतकमा कोरोना संक्रमण पनि थपिएको आचार्यले बताए।

प्रतिक्रिया