Bisal Chautari Logo

कक्षा १२ को परीक्षा वैकल्पिक व्यवस्थामार्फत गर्न कांग्रेसको आग्रह

- ३० आश्विन २०७७, शुक्रबार ०६:०२ मा प्रकाशित


विशाल चौतारी समाचार
बाकेँ,२०७७ असोज ३० शुक्रवार । नेपाली कांग्रेसले कक्षा १२ को बार्षिक परीक्षा वैकल्पिक व्यवस्थामार्फत सञ्चालन गर्न आग्रह गरेको छ ।

कोरोनाका कारण सात महिनादेखि रोकिएको कक्षा १२ को परीक्षण हुन सकेको छैन ।

कांग्रेसका शिक्षा विभागका सचिव डा. कृष्णप्रसाद पौडेलले विद्यार्थीहरुको भविष्यमाथि खेलवाड गर्ने गरी परीक्षा जस्तो विषयमा सरकार उदासीन देखिएकोमा खेद प्रकट गरेका छन् ।

उनले बैकल्पिक व्यवस्थामार्फत परीक्षा सञ्चालन गर्ने व्यवस्था गर्न शिक्षा मन्त्रालयलाई आग्रह गरेका छन् ।

उनीद्वारा जारी विज्ञप्तिमा कक्षा १२ को परीक्षा अगावै विचौलियाले स्नातक तहको इन्जिनियरिङ लगायत कार्यक्रममा डोनेसनको आधारमा विद्यार्थी भर्ना गरेको भन्ने बुझिएको भन्दै विचौलियालाई कानुनी दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराइएको छ ।

प्रतिक्रिया