Bisal Chautari Logo

शुक्रबार बिहान मात्र थप चारजनाको निधन, नेपालमा कोरोनाबाट ज्यान गुमाउने ६९८ पुगे

- ३० आश्विन २०७७, शुक्रबार ०५:१८ मा प्रकाशित


विशाल चौतारी समाचार
बाकेँ,२०७७ असोज ३० शुक्रवार । नेपालमा शुक्रबार बिहान थप चारजनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । रुपन्देही, भक्तपुर, काभ्रे र मोरङका एक–एकजनाको ज्यान गएको हो ।

बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत तिलोत्तमा नगरपालिका–२ का ६७ वर्षीय पुरुषको मृत्यु भएको हो । भक्तपुरको कोरिया मैत्री अस्पतालमा भक्तपुर नगरपालिका–८ लिवालीकी ७४ वर्षीया महिलाको मृत्यु भएको छ ।

त्यस्तै भक्तपुर अस्पतालमा उपचाररत काभ्रेको धुलिखेल नगरपालिका–९ का ४१ वर्षीय पुरुषको पनि ज्यान गएको छ । विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचार गराइरहेका विराटनगर महानगरपालिका–३ का ६५ वर्षीय पुरुषको पनि मृत्यु भएको छ ।

नेपालमा कोरोना भाइरसवाट ज्यान गुमाउनेको संख्या ६ सय ९८ पुगेको छ । बिहीबार मात्र २४ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया