Bisal Chautari Logo

सेतो बाघमा बिएस राणा, जंगबहादुर बने

- २६ फाल्गुन २०७०, सोमबार १७:४९ मा प्रकाशित


Bs-Rana-make-tha-janga-bahadur-rana
विशाल चौतारी समाचार
काठमाडौं, २६ फागुन ।
उपन्यासकार डायमण्ड शमशेरको चचिर्त उपन्यास सेतो बाघमाथि निर्माण भइरहेको चलचित्रमा कलाकार बीएस राणा जंगबहादुर राणाको रोलमा देखिने भएका छन् । निर्देशक नीर शाहले नक्सालमा जारी सुटिङ सेटबाट यस्तो रहस्य खोलेका हुन् ।
अभिनेता तथा चलचित्रका निर्देशक शाहले सिनेमा ‘बसन्ती’पछि राणालाई दोस्रोपटक मुख्य भूमिकामा ल्याएका हुन् । निर्देशक शाहले भने, ‘जंगबहादुरको रोलमा नयाँ आटिस्र्ट खेलाउने तय भएपनि समय लम्बिने हुँदा प्रमुख रोलमा व्यावसायिक कलाकारलाई नै लिएका हौं ।’ केही दिनअघि राजाराम पौडेललाई जंगबहादुरका सहयोगी भोलाको रोलमा प्रवेश गराइएको थियो । चलचित्रले जंगबहादुरको अन्तिम ३० दिनका संघर्षपूर्ण जीवनको कथा पेश गर्नेछ । जंगबहादुर बनेपछि सञ्चारकर्मीसँग बीएस राणले थिएटर आफ्नो ब्याकग्राउन्ड भएपनि राजासाहेब (निर शाह)ले यसपटक आफुलाई काम गर्न ठूलो चुनौती दिएको बताए । सोमबारदेखि नै चलचित्र सेतो बाघ युनिट प्रवेश बीएसले संवाद बोल्न पाँच टेकभन्दा बढी लगाएका थिए ।

add

प्रतिक्रिया