Bisal Chautari Logo

बलात्कारविरुद्ध कडा कानुन ल्याउँछौं : प्रधानमन्त्री ओली

- ३० आश्विन २०७७, शुक्रबार ०४:५३ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ,२०७७ असोज ३० शुक्रवार ।प्रधानमन्त्री केपी शर्मा ओलीले बलात्कारविरुद्ध कडा कानुन ल्याउने तयारीमा रहेको बताएका छन् ।

६५औं प्रहरी दिवसका अवसरका प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले भने, “एसिड आक्रमणकारीविरुद्ध कडा कानुन ल्याएका छौं । एसिडलगायत बलात्कार अपराधविरुद्ध कडा कानुन बनाउने विषयमा सोचिरहेका छौं । सामाजिक अपराधका विरुद्ध कुनै सम्झौता हुँदैन ।”

बलात्कारजस्ता जघन्य अपराधलाई समेत मिलापत्र गराउने कार्यप्रति कडा रुपमा प्रस्तुत हुन समेत प्रधानमन्त्री ओलीले प्रहरीलाई निर्देशन दिए ।

प्रतिक्रिया