Bisal Chautari Logo

७ महिनापछि भारतमा खुल्यो सिनेमा हल, दर्शक नहुँदा कर्मचारी र गार्ड नै बसे फिल्म हेर्न

- ३० आश्विन २०७७, शुक्रबार ०४:४८ मा प्रकाशित


एजेन्सी, 
२०७७ असोज ३० शुक्रवार । भारतमा कोरोना भाइरसको संक्रमणका कारण बन्द गरिएका सिनेमा हल खुलेका छन्। महामारीका कारण करिब ७ महिना बन्द रहेका सिनेमा हलहरु खोल्ने निर्णय सरकारले गरेसँगै पुराना फिल्महरु प्रदर्शन गरिएको छ। सिनेमा हल खोल्ने नखोल्ने निर्णय अवस्था हरेर सम्बन्धित राज्य सरकारले लिइरहेको छ।

कोरोनाका कारण महिनौंसम्म बलिउड क्षेत्रपनि ठप्प रहेको थियो।। सरकारले स्वीकृति दिएपछि हाल केही फिल्महरुको सुटिङ सुरु भइसकेको छ। केही फिल्महरु डिजिटल प्ल्याटफर्ममा प्रदर्शन भइसकेका छन्।

मार्च देखि भारतमा रहेका करिब १० हजार सिनेमा हल बन्द रहेको थियो। अहिले सिनेमा हल खुलेसँगै बलिउडले गति लिने अनुमान गरिएको छ।

सिनेमा हल खुलेपनि निकै कम संख्यामा मात्रै दर्शक फिल्म हेर्न पुगे। हल खाली हुँदा सिनेमा हल रहेको मलका कर्मचारी, गार्ड नै कुर्सीमा बसेर फिल्म हेर्न बसे।

दर्शकलाई सिनेमा हल प्रवेश गर्दा र भित्रपनि मास्क अनिवार्य गरिएको छ। सिनेमा हल भित्र पहिला जस्तै सबै सिटमा दर्शकलाई राखिने छैन। एउटा सिट छोडेर टिकट बाडिनेछ।

फिल्म हल प्रवेश गर्नु अघि कर्मचारीहरुले दर्शकको शरीरको तापक्रम नाप्नुका साथै स्यानिटाइज गर्ने गरेका छन्। सबै कर्मचारीहरुलाई फेस मास्क अनिवार्य गरिएको छ।

प्रतिक्रिया