Bisal Chautari Logo

नयाँ बजारमा ग्याँस सिलिण्डर विष्फोट, ४ जना घाइते

- २९ आश्विन २०७७, बिहीबार ०७:३७ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ,२०७७ असोज २८ बुधवार । नयाँ बजारको फलफूल चोकस्थित एक घरमा ग्याँस सिलिण्डर विष्फोट भएको छ ।

बिहीबार भएको सिलिण्डर विस्फोटमा परी ४ जना घाइते भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठोरले जानकारी दिए ।

घाइतेलाई उपचारको लागि मनमोहन अस्पतालमा लगिएको छ । घटनाको थप क्षतिको विवरण आउन बाँकी छन् ।

प्रतिक्रिया