Bisal Chautari Logo

अमेरिकामा रेलको ठक्करबाट एक नेपाली युवतीको मृत्यु

- २९ आश्विन २०७७, बिहीबार ०५:४० मा प्रकाशित


एजेन्सी – अमेरिकामा दुर्घटनामा परी एक नेपाली युवती ज्यान गएको छ । ज्यान जानेमा सिन्धुपाल्चोक घर भई अमेरिकाको न्युयोर्क बस्ने पारू श्रेष्ठ रहेकी छिन् । उनको रेलको ठक्करबाट मंगलबार बिहान ज्यान गएको हो ।

क्विन्स उडसाइडमा लङ आइल्यान्ड रेल रोडको रेलले ठक्कर दिदा उनको घटनास्थलमै ज्यान गएको त्यहाँको प्रहरीले जनाएको छ।दुर्घटनामा परी ज्यान गुमाएकी युवतीको उनको दाहसंस्कार आउदो शनिवार गरिने जनाइएको छ ।

 

प्रतिक्रिया