Bisal Chautari Logo

सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा पार्वत गुरुङ नियुक्त

- २८ आश्विन २०७७, बुधबार १५:१७ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ,२०७७ असोज २८ बुधवार । सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा पार्वत गुरुङ नियुक्त भएका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार गुरुङलाई सञ्चार तथा सूचना प्रविधि मन्त्री नियुक्त गरेकी हुन् । यसअघि उनी महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थिए ।
नयाँ मन्त्रीमण्डलमा हेरफेर हुँदा गुरूङलाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसअघि गोकुल बास्कोटाले सञ्चार मन्त्रीको पदबाट राजीनामा दिएपछि डा. युवराज खतिवडाले अर्थ मन्त्रालयसँगै सञ्चार तथा सूचना प्रविधि मन्त्रालय हेर्दे आएका थिए ।
डा. खतिवडाले पनि मन्त्रीबाट विदा भएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीमै थपिएको थियो । दोलखा स्थायी घर भएका गुरुङ नेकपाबाट संसदमा निर्वाचित जनप्रतिनिधि हुन् ।

Bisalchautari TV

प्रतिक्रिया