Bisal Chautari Logo

नेपालमा थप २६३८ जनालाई कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या ३६,३६७ पुग्यो

- २८ आश्विन २०७७, बुधबार १०:४३ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ,२०७७ असोज २८ बुधवार । 
पछिल्लो २४ घण्टामा देशभर २ हजार ६३८  जना कोरोना संक्रमित पुष्टि भएका छन्। योसँगै कूल संक्रमितको संख्या १ लाख १७ हजार ९९६ पुगेको छ।

पछिल्लो २४ घण्टामा १३ हजार ९४७ जनाको पिसिआर परीक्षण भएको छ।

२४ घण्टामा २ हजार १७४ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ८० हजार ९५४ पुगेको छ।

आज देशभर ३६ हजार ३६७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया