Bisal Chautari Logo

पोखरामा ३६ सहित गण्डकीमा थपिए ७३ काेराेना संक्रमित

- २८ आश्विन २०७७, बुधबार १०:१२ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ,२०७७ असोज २८ बुधवार । पोखरा महानगरपालिकाका ३६ जनासहित बुधबार गण्डकी प्रदेशमा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ थपिएकासँगै प्रदेशमा कुल संक्रमितको संख्या पाँच हजार एक सय ७३ पुगेको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशकसमेत रहेका गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदबिन्दु शर्माले सो जानकारी दिएका हुन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा, क्षयरोग उपचार केन्द्र पोखरा, भरतपुर अस्पताल चितवन, बिपी कोइराला स्मृति क्यान्सर अस्पताल चितवन र चितवन मेडिकल कलेज चितवनमा गरिएको परीक्षणमा प्रदेशका नौ जिल्लाका उनीहरूमा संक्रमण देखिएको हो ।

थपिएका संक्रमितहरूमध्ये गोरखाका १७, नवलपरासीका ६, तनहुँ र स्याङ्जाका तीन–तीन, लमजुङका दुई र  पर्वत, म्याग्दी र बाग्लुङका एक–एक जना रहेका छन् ।

प्रतिक्रिया