विशाल चौतारी समाचार
काठमाडौ,२०७७ असोज २८ बुधवार । अभिनेता सुशान्त सिंह राजपुतको मृत्युले बलिउडलाई निकै ठुलो धक्का लाग्यो । आजसम्म बलिउड माथि कसैले उठाउन नसकेका प्रश्नहरू उठे । यसले बलिउडका सुपरस्टार मानिने साहरुख खान, सलमान खान देखी अन्य कयौँ कलाकारको नाम बदनाम भयो । सुशान्तको मृत्यु पछि उठेको नातावादको मुद्दा देखी ड्रग्स प्रकरणसम्ममा यि ए ग्रेड कलाकार तथा फिल्मकर्मीको नाम जोडियो । मिडियाले पनि ती कलाकारको नाम यसरी प्रयोग गरे कि मानौँ उनीहरू निकै ठुला अपराधी हुन् ।

सिङ्गो बलिउडमाथि नै प्रश्न उठ्ने गरी सञ्चारमाध्यम प्रस्तुत हुँदा बलिउडका केही ठुला निर्माता कम्पनीहरू र कलाकारहरूले केही भारतीय सञ्चारमाध्यमको ‘गैर जिम्मेवार रिपोर्टिङ’को विरुद्ध अदालतमा मुद्दा हालेका छन् । रिपब्लिक भारतका प्रमुख पत्रकार अर्णव गोस्वामीले आक्रोशका साथ नायक सलमान खान लुकेर नबस्न चेतावनी दिएका थिए । सुशान्त सिंह राजपुतको निधनबारे केही पनि नबोलेको भन्दै उनले सलमानलाई अनावश्यक विवादमा तान्ने प्रयास समेत गरेका थिए । उनी अभिनेता सलमानले अर्णवलाई जवाफ फर्काएका छन् ।

उनले सञ्चालन गर्दै आइरहेको कार्यक्रम बिग बोसबाट उनले अर्णवलाई लक्षित गरेर भनेका छन्, ‘हाम्रो चलचित्र कसले हेर्छ, जनताले । यसको अर्थ हामी सबैलाई टीआरपी चाहिएको छ । तर, यसको मतलब यो होइन कि तपाई जे पनि गर्नुहोस् । तपाइलाई इमानदार भएर काम गर्न आवश्यक छ । झुटो खबर कराएर बोल्दैमा केही हुनेवाला छैन ।

यही कारणले गर्दा तपाइलाई दर्शकले लामो समयसम्म हेर्दैनन् । जे मलाई भन्नु थियो मैले घुमाउरो शैलीमा भनेको छु ।’ रिपब्लिक भारतका सञ्चालक अर्णव गोस्वामी, प्रदीप भण्डारी, टाइम्स नाउका पत्रकार रवि शङ्कर र नविका कुमारको विरुद्ध दिल्लीको उच्च न्यायालयमा करण जोहर, साहरुख खान, सलमान खान, अनिल कपुर, विशाल भारद्वाज, अजय देवगण, रोहित सेट्टी पिक्चर्स, यशराज फिल्मस्, विनोद चोपडा फिल्मस्, एक्सेल इन्टरटेन्मेन्ट र सिने–टिबी आर्टिस्ट एसोसिएसन, दि फिल्म एन्ड टिबी प्रोड्यूर्स काउन्सिल, स्क्रिन राइटर्स एसोसिएसन लगायत दर्जनौँ निर्माण कम्पनीले मुद्दा हालेका छन् ।

Bisalchautari TV