Bisal Chautari Logo

कोरोना संक्रमणदर बढ्न थालेपछि डडेल्धुरामा कडाई

- २८ आश्विन २०७७, बुधबार ०९:४० मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ,२०७७ असोज २८ बुधवार । जिल्लामा कोरोना संक्रमणदर बढ्न थालेपछि स्थानीय जिल्ला प्रशासन कार्यालय डडेल्धुराले थप कडाई गर्ने भएको छ। मंगलबारदेखि सार्वजनिक सूचना जारीगर्दै कोरोना महामारी संक्रमण जोखिमको आकलनगर्दै सरकारले लागू गरेका स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य रुपमा पालना गर्न जिल्ला प्रशासन कार्यालय डडेल्धुराले अनुरोध गरेको छ।

 

मगंलवार मात्रै डडेल्धुरामा १९जनामा कोरोना पुष्टि भएको थियो। परशुरामका १७ र नवदुर्गा गाउपालिकाका २ जनामा कोरोना पुष्टि भएको थियो। बुधवार थप २ जनामा कोरोना पुष्टि भएको डडेल्धुरा अस्पतालले जनाएको छ।

यसरी दैनि कोरोनाका विरामी थपिन थालेपछि जिल्ला प्रशासनले जोखिम न्युनिकरण गर्न कडाइृ गरेको हो। प्रशासन द्धारा सार्वजनिक गरेको सूचनामा जिल्लाभरि विद्यालय, कलेज र शैक्षिक संस्थाहरुमा हुने पठनपाठन, खेलकुद र अन्य भौतिक कृयाकलापहरु नगर्न आग्रह गरिएको छ।

साथै पछिल्लो समयमा जिल्लाका विभिन्न स्थानहरुमा राजनितिक गतिविधी गरि रहेका राजनीतिक दल र भातृ संगठनहरुलाई समेत भिडभाड नगर्न अपिल गरिउको छ। राजनीतिक क्रियाकलाप आमसभा, गोष्ठी लगायतका कृयाकलापहरु नगर्ने र बिभिन्न क्लव तथा समुहहरुले आयोजना गर्ने खेलकुद लगायतका खेलहरुमा धेरै मानिस जम्मा हुने गतिविधी नगर्न डडेल्धुराका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालद्वारा हस्ताक्षरित जनहितका लागि जारी सुचनामा उल्लेख छ।

चाडपर्वको मौकाछोपि सर्वसधारण लगाएत अन्यमानिसको वागवजारमा समेत भिडभाड वढिरहेको थियो। देीनक उपभोग्य सामागग्री खरिद विक्रिका साथै अन्य कामले सदरमुकाम पुगने मानिसको चप भृरहेका वेला वेलामा जिल्ला प्रशासनले कोरोनाको जाखिमलाई न्युनिकरण गर्न सर्वसधारणलाई भिडभाडमा सरिक नहुन चेतावनी समेत दिएको छ।

पछिल्लो समयमा संक्रमण दर ववढि रहेकाले सवैले सुरक्षाका उपाय अपनाउन अनिवार्य गरिएको छ। होटल रेष्टुरेन्ट, क्लव तथा खाजा र नास्ता पसलहरुमा जमघट तथा भिडभाड हुन नदिन समेत सार्वजनिक सूचना मार्फत आग्रह गरिएको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले वताएका छन्। व्यक्तिले आफनो सुरक्षामा ध्यान दिन सके आफु र अरुलाई कोरोना संक्रमितको जोखिम वाट बच्न र बचाउन सकिने प्रमुख जिल्ला अधिकारी वास्तोलाको भनाई रहेको छ।

यसैगरि सबै प्रकारका मेला, जात्रा, पर्व, उत्सव तथा मन्दिरहरुमा हुने धार्मिक, सांस्कृतिक र सामाजिक जमघटहरु नगर्न र सार्वजनिक यातायात, व्यापार, उद्योग, सरकारी तथा निजी कार्यालयहरु, बैंक तथा वित्तीय संसस्थाहरु, बजार र व्यापारिक केन्द्रहरु लगायत का क्षेत्रहरुमा कोभिड–१९ को संक्र्रमण जोखिम न्युनीकरण गर्न मानिसहरुलाई स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य पालना गर्न र गराउन त्यसै सुचना मार्फत जानकारी गरिएको छ।

उल्लेखित बुँदाहरुको उल्लङ्घन गरेको पाईएमा वा त्यस प्रकारका गतिविधीमा संलग्न ब्यक्तिहरुलाई तत्काल नियन्त्रणमा लिई संक्रमण रोग ऐन २०२० तथा प्रचलित कानून अनुसार कडा कारवाही गरिने जिल्ला प्रशासन कार्यालय डडेल्धुरो जारि गरेको सुचनामा उल्लेख छ।

प्रतिक्रिया