Bisal Chautari Logo

महोत्तरीका कोरोना संक्रमित युवकको भक्तपुरमा मृत्यु

- २८ आश्विन २०७७, बुधबार ०४:५३ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ,२०७७ असोज २८ बुधवार । महोत्तरीको पिपरा गाउँपालिका– ५ का २५ वर्षीय युवकको कोरोनाले मृत्यु भएको छ ।

मिर्गौला रोगी ती युवकको भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्र जोरपाटीमा उपचारको क्रममा मृत्यु भएको हो। ति युवकलाई असोज २२ गते अस्पताल भर्ना गरिएको थियो । उनमा २३ गते कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणपछि गम्भीर भएका उनको मंगलबार अस्पतालमै मृत्यु भएको हो । उनको शव महानगरीय प्रहरी परिसर भक्तपुर तथा नेपाली सेनाको विशेष टोलीले पशुपति आर्यघाटमा व्यवस्थापन गरेको  छ ।

काठमाडौंमा युवकको मृत्यु भएसँगै महोत्तरीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ । पछिल्लो समय नेपालमा कोरोना कोरोना तिब्र रुपमा फैलिरहेको छ । अहिलेसम्म एक लाख १५ हजार ३५८ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये ७८ हजार ७८० जना डिस्चार्ज भएका छन् भने ३५ हजार ९१५ जना सक्रिय संक्रमित छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालका अनुसार कोरोनाले ६६३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्र ३५ सय ५६ जनामा संक्रमण पुष्टि हुँदा १८ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया