Bisal Chautari Logo

काठमाडौंमा १७४६ सहित उपत्यकामा २१२९ संक्रमित थपिए

- २७ आश्विन २०७७, मंगलवार ११:०७ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ,२०७७ असोज २७ मंगलवार ।  पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा दुई हजार १२९ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १७४६ , ललितपुरमा १६७ र भक्तपुरमा २१६ कोरोना संक्रमित थपिएका हुन् ।

सोमबार काठमाडौंमा १८८८, ललितपुरमा २७७ र भक्तपुरमा ११८ गरी दुई हजार २८३ कोरोना संक्रमित थपिएका थिए ।आइतबार काठमाडौंमा ११४५ , ललितपुरमा १६१ र भक्तपुरमा ११० गरी एक हजार ४१६ कोरोना संक्रमित थपिएका थिए ।

पछिल्लो २४ घण्टामा देशभर चार हजार ४७ कोरोना भाइरस संक्रमित थपिएका छन् ।

प्रतिक्रिया