Bisal Chautari Logo

इन्दिरा संगीत महाविद्यालयकी संरक्षक इन्दिरा श्रेष्ठको निधन

- २७ आश्विन २०७७, मंगलवार ०६:०७ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ,२०७७ असोज २७ मंगलवार । कलानिधी इन्दिरा र्सगीत महाविद्यालयकी संरक्षक इन्दिरा श्रेष्ठको मंगलबार निधन भएको छ। उनको बिहान आफ्नै निवास थापाथलीमा निधन भएको हो।

नेपाल महिला संगठनको केन्द्रीय सभापतिसमेत भएकी श्रेष्ठ २०४९ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काठमाडौं ४ बाट उम्मेदवारसमेत भएकी थिइन्। पछिल्लो समय उनले आफ्नो  जीवन संगीतमा लगाएकी थिइन्। उनले कलानिधी इन्दिरा संगीत महाविद्यालयलाई आफ्नो निजी घर निःशुल्क प्रदान गरेकी थिइन्।

बालकृष्ण श्रेष्ठ र बालकुमारी श्रेष्ठकी छोरी इन्दिराको जन्म १९९७ मंसिर २३ गते काठमाडौंको झोंछेमा भएको थियो। उनका एक छोरा  र दुई छोरी छन्।

प्रतिक्रिया