Bisal Chautari Logo

बुटबलमा कोरोना संक्रमित वृद्धको मृत्यु

- २७ आश्विन २०७७, मंगलवार ०५:१५ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ,२०७७ असोज २७ मंगलवार । लुम्बिनी प्रादेशिक अस्पतालमा एक कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ।

बुटबल उपमहानगरपालिका ३ निवासी ७२ वर्षीय पुरुषको आज बिहान पौने १० बजे मृत्यु भएको हो।

यही असोज २ गते कोरोना पुष्टि भई अस्पतालको कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना भएका उनमा ज्वरो,मुटुरोग, उच्च रक्तचाप, मधुमेह, श्वासप्रश्वासको समस्या रहेको अस्पतालले जनाएको छ।

 

Bisalchautari TV

प्रतिक्रिया