Bisal Chautari Logo

धुलिखेल अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु

- २५ आश्विन २०७७, आईतवार ०६:२० मा प्रकाशित


काभ्रे, २५ असोज । धुलिखेल अस्पतालमा उपचाररत एक कोरोना संक्रमित पुरुषको आइतबार बिहान मृत्यु भएको छ । धुलिखेल–११ डाँडागाउँका ५५ वर्षीय ती पुरुषको ७ दिनदेखि भेन्टिलेटर राखेर उपचार भइरहेको थियो ।

उनको आइतबार बिहान २ बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । उनको ५ दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो । उनको परिवारका सदस्यहरुको भने कोरोना परीक्षण नतिजा नेगेटिभ आएको छ ।

यसअघि जिल्लामा ४ पुरुष र ४ महिलासहित १३ जनाको मृत्यु भइसकेका छन् । अन्य जिल्लाका ३ पुरुष र २ महिलाको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया