Bisal Chautari Logo

बिपी प्रतिष्ठानमा थप तीन कोरोना संक्रमितको मृत्यु

- २५ आश्विन २०७७, आईतवार ०५:१४ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ,२०७७ असोज  २५ आइतवार । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ।

मृत्यु हुनेमा धरान उपमहानगरपालिका-८, सुनसरीकी ६२ वर्षीया महिला, सुनसरी दुहवीका ६५ वर्षीय पुरुष र धनकुटाकी ६१ वर्षीया महिला रहेको अस्पतालले जनाएको छ।

दुहवीका पुरुषको आज बिहान ३:५० मृत्यु भएको थियो। यही १४ असोजमा अस्पताल भर्ना गरिएका उनलाई असोज १५ मा कोरोना पोजेटिभ पुष्टि भएको थियो।

प्रतिक्रिया