Bisal Chautari Logo

धनगढीमा कोरोना संक्रमित पुरुषको मृत्यु

- २५ आश्विन २०७७, आईतवार ०४:४६ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ,२०७७ असोज  २५ आइतवार । धनगढीमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका-३ का ५२ वर्षीय पुरुषको मृत्यु भएको हो।

अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले शनिबार राति उनको मृत्यु भएको बताए। असोज २० गते कोरोना पुष्टि भएका ती पुरुषको स्वास्थ्यमा समस्या देखिएपछि असोज २३ गते सेती प्रादेशिक अस्पताल भर्ना भएका थिए।

मृतकको शव व्यवस्थापनको तयारी भइरहेको अस्पतालले जानकारी दिएको छ।यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ।

प्रतिक्रिया