Bisal Chautari Logo

जीपको ठक्करबाट स्कुटर चालकको मृत्यु

- २५ आश्विन २०७७, आईतवार ०४:३६ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ,२०७७ असोज  २५ आइतवार । पोखरा-बागलुङ सडकखण्डमा गएराति भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ।

पोखरा महानगरपालिका-२ बागलुङ बसपार्क अगाडि राति हरिचोकबाट जिरोकिमीतर्फ जाँदै गरेको ग१ज ५८९६ नम्बरको जीपले बाटो क्रस गर्ने क्रममा ग १२ प ५३१३ नम्बरको स्कुटरलाई ठक्कर दिएकाे थियाे।

ठक्करबाट कास्कीको माछापुच्छ्रे गाउँपालिका-७, धम्पुसका २६ वर्षीया स्कुटर चालक तारा विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए।

प्रहरीले जीप चालक गोर्खा आरुघाट गाउँपालिका–९ बस्ने २१ वर्षीय सुदीप विकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको जनाएको छ। रासस

प्रतिक्रिया