Bisal Chautari Logo

बालुवाटारमा ओली-प्रचण्ड आज पनि छलफलमा

- २४ आश्विन २०७७, शनिबार ०७:१९ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ,२०७७ असोज २४ शनिवार ।
 नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ छलफलमा जुटेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीसमेत रहेका ओली र अध्यक्ष प्रचण्डबीच अहिले  छलफल भइरहेको छ।

केही समययता मन्त्रिपरिषद् पुनर्गठन र पार्टी एकताका बाँकी कामलाई पूर्णता दिने विषयमा अध्यक्षद्वय छलफलमा नै छन्। तर, निष्कर्ष भने निस्किन सकेको छैन। बिहीवारको भेटमा पार्टी एकताका विषयमा छलफल भएको थियो।

गत,असोज ६ गते बसेको सचिवालय बैठकले पार्टी एकताका कामलाई पूर्णता दिने विषयमा प्रस्ताव ल्याउने जिम्मेवारी अध्यक्षद्वय र महासचिवलाई दिएको थियो।

१० दिनभित्र एकताको प्रस्ताव ल्याउने जिम्मेवारी दिएपनि अझैसम्म प्रस्ताव तयार भइ नसकेको नेताहरु बताउँछन्।

त्यस्तै ४ गतेको बैठकले मन्त्रिपरिषद् पुनर्गठनका विकल्पका विषयमा छलफल गरेको थियो। पुनर्गठनका विषयमा सहमति नभएकाले अहिले रिक्त मन्त्रालयहरुमा मात्र मन्त्री नियुक्ति गर्ने गृहकार्य भइरहेको छ। हाल अर्थ, सञ्चार र सहरी विकास मन्त्रालय रिक्त छ। ती मन्त्रालयमा कसलाई मन्त्री बनाउने भन्ने विषयमा दुई अध्यक्षबीच सहमति जुट्न सकेको छैन।

प्रतिक्रिया